सरकारको प्राथमिकतामा कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजना मात्रै

सरकारको प्राथमिकतामा कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजना मात्रै

काठमाडौँ : आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा राखेको छ।

कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो।

विगतमा टुक्रे आयोजना, बहु वर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठुलो बजेट राख्ने तर काम भने सुरु नहुने समस्या रहेकाले त्यसको समाधानका लागि बजेटमा नयाँ प्रावधान ल्याइएको हो।

अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका आयोजनामा आवश्यकता अनुसार बजेट दिएका छन् भने सुरु नै हुन नसक्ने खालका आयोजनामा बजेट कटौती गरेका छन्।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।

जेठ १५, २०८० सोमबार १६:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।