बजेट सुरु : आर्थिक अवस्था चुनौतीपूर्ण

बजेट सुरु : आर्थिक अवस्था चुनौतीपूर्ण

काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले कोरोना अनि युक्रेन युद्ध लगायतको अन्तर्राष्ट्रिय घटनाक्रमले आगामी आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-०८१ को बजेट पेस गर्दै उनले गत आर्थिक वर्षको तुलनामा आर्थिक अवस्थामा सुधार हुँदै गएको दाबी गरेका छन्।

उनले आगामी दिनमा नीतिगत र प्रणालीगत सुधार गरेर अर्थतन्त्रमा सुधार गर्ने बताए। भारत र चीनको आर्थिक अवस्थाको सकारात्मक प्रभाव नेपालमा पर्ने र राजश्व चुहावट नियन्त्रणमा सरकारले लिएको नीतिका कारण राजश्व बढ्ने उनले बताए।

 

जेठ १५, २०८० सोमबार १६:३७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।