मन्त्रीपरिषद्बाट बजेट स्वीकृत

काठमाडौँ : राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएपछि मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट स्वीकृत गरेको हो।
आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दैछन्।
जेठ १५, २०८० सोमबार १५:२९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।