असोज २ गते सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउने, जापान सरकारको ४१ करोड अनुदान पनि स्वीकार

काठमाडौँः सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।
आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
साथै सरकारले जापान सरकारबाट प्राप्त हुने मानव संशाधन विकास छात्रवृत्तिका लागि ४१ करोड रुपैयाँ बराबर अनुदान सहायता पनि स्विकार गरेको उनले बताइन्।
यसैगरी विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय भएको पनि शर्माले बताइन्।
विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ।
जेठ ९, २०८० मंगलबार २०:४०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।