१२ वर्षीया बालिकालाई कोठामा लगेर बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

१२ वर्षीया बालिकालाई कोठामा लगेर बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

मोरङ : १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-३ खोरिया टोल बस्ने २० वर्षीय नवीन महरा रहेका छन्।

महराले ती बालिकालाई आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ ९, २०८० मंगलबार २०:०३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।