५१ अंकले बढ्यो नेप्से, चार लघुवित्तमा सर्किट लाग्यो

५१ अंकले बढ्यो नेप्से, चार लघुवित्तमा सर्किट लाग्यो

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा उछाल आयो।

मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा पुग्दा ‘क’ वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचकमा ८.८५ अंकले बढोत्तरी आउँदै ३६७.७४ विन्दुमा उक्ल्यो।

कारोबार सूचक हेर्दा पनि मंगलबार उत्पादन तथा प्रशोधन उपसमूह ४.०५ प्रतिशतले बढ्यो। त्यसपछि माइक्रोफाइनान्स समूह ४.०३ प्रशितले बढ्दा सबैभन्दा कम म्युचल फन्ड ०.५५ प्रतिशतले बढ्यो।

बजार बढ्दा कारोबार रकममा समेत मंगलबार बढोत्तरी आयो। यसदिन २७१ कम्पनीका ६० लाख ६७ हजार शेयर किनबेच हुँदा २ अर्ब २० करोडको कारोबार भयो।

यसदिन सबैभन्दा बढि शिवम् सिमेन्टले १० करोडको कारोबार गर्दा दोस्रो स्थानमा नेपाल टेलिकमले ८ करोड ९९ लाखको कारोबार गर्न भ्यायो।

त्यसैगरी मंगलबार नै चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो। कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले १० प्रशितले कमाए।

जेठ ९, २०८० मंगलबार १५:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।