सात नयाँ ब्रोकरले पाए लाइसेन्स

काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले धितोपत्र ब्रोकरको अनुमति (लाइसेन्स) पाएका छन्। नेपाल धितोपत्र बोर्डले नेपाली सेयर बजारमा कारोबारको लागि यी सात नयाँ ब्रोकर कम्पनीलाई अनुमति दिएको हो।
सोमबार बोर्डको सञ्चालक समितिले आवेदन दिएका मध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात कम्पनीलाई इजाजत पत्र दिएको हो। अब नेपाली सेयर बजारमा ब्रोकरको संख्या ५७ पुग्नेछ।
ब्रोकरको लाइसन्स पाउने नयाँ कम्पनीमा क्यापिटल म्याक्स सेक्युरिटिज, सन सेक्युरिटिज, हिमालय ब्रोकरेज लिमिटेड, शेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन्।
जेठ ९, २०८० मंगलबार १२:५५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।