घट्यो सुनको मूल्य

काठमाडौं : आज (मंगलबार) सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सोमबार सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख आठ हजार सात रुपैयाँ तोकिएको छ। चाँदी भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार तिन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
जेठ ९, २०८० मंगलबार १२:११:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।