फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं। आज (आइतबार) सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको हो।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० मा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि आज तोलामा ८०० रुपैयाँले बढेर १ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। त्यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ८५ रुपैयाँ कायम गरिएको छ।
जेठ ७, २०८० आइतबार ११:५२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।