इण्डो–नेपाल रेमिट्यान्स सेवामा थप विस्तार, दिल्लीमा आइएमई इण्डियाको नयाँ शाखा

इण्डो–नेपाल रेमिट्यान्स सेवामा थप विस्तार, दिल्लीमा आइएमई इण्डियाको नयाँ शाखा

काठमाडौं : आइएमई इण्डिया प्रा.लि.ले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ। भारतका लागि नेपाली राजदुत डा.शंकर प्रसाद शर्माले सो शाखा उद्घाटन गरे।

आइएमई इण्डियाले नयाँ शाखा मार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ।

शाखा उद्घाटन गर्दै राजदुत डा.शंकर प्रसाद शर्माले नयाँ दिल्लीमा नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने बताए।

सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गरे। यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने उनले बताए।

शाखा विस्तार समारोहमा दिल्ली स्थित नेपाली दूतावासका उच्च अधिकारीहरु र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल सहित आइएमई इण्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारीउपस्थिति थियो ।

जेठ ६, २०८० शनिबार ११:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।