आइएमई पेले ल्यायो ‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ अफर

काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले बिगमार्ट, चितवनसँग सम्झौता गरेर एक अफर सार्वजनिक गरेको छ।
‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ।
सो छुट अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा रु १०० सम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधि भरी ५ पटकसम्म पाउने छन्।
अफरको दोश्रो चरण असार १ देखी साउन ३२ सम्म रहने छ। सो अवधिमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु पनि प्रदान गरिने छ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। आइएमई पे २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल रहेको छ।
जेठ ६, २०८० शनिबार ०७:४९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।