एनसेलले ल्यायो आफ्नो प्लान आफै बनाउन सक्ने 'माई प्लान' योजना

काठमाडौँ : एनसेलले ग्राहकले आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाएर सुलभ दरमा सेवाहरू प्रयोग गर्न सक्ने नयाँ योजना ल्याएको छ।
एनसेल आजियाटा लिमिटेडले आकर्षक 'एनसेल माई प्लान' सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार विशेष प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवा आवश्यकता अनुसार आफ्नो बन्डल प्याक आफै बनाएर सेवा लिन सक्नेछन्।
'ग्राहक आफैले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा सञ्चालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो' कम्पनीले लेखेको छ' इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेस सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्।'
कम्पनीका अनुसार माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुई वटा विकल्पहरू छन्।
ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्।
कर्पोरेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्छन्। माई प्लान ५०० को कर सहित रु ५ सय पर्छ।
यसमा ग्राहकले ५ सय बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बन्डल प्याक आफै बनाउन सक्छन्।
कम्पनीका अनुसार फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले ५ सय भन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन्।
यसका साथै प्लानमा पाइने सेवाहरू बाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरूप प्लानको मूल्य तय हुने र सेवाहरू पनि तुलनात्मक रूपमा अझै सुलभ बन्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
'माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीवी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बन्डल प्याक बनाउन सक्छन्' विज्ञप्तिमा उल्लेख छ। एनसेल एपबाटै सजिलै लिन सकिने विशेष सुविधाले कर्पोरेट ग्राहकहरू ठुलो महत्त्व राख्ने कम्पनीले उल्लेख गरेको छ।
जेठ ५, २०८० शुक्रबार २२:४७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।