छड्के-२ मा डुबेको अनमोलको करिअर फर्की-फर्कीले उठाउला !

छड्के-२ मा डुबेको अनमोलको करिअर फर्की-फर्कीले उठाउला !

काठमाडौँ : स्विट ब्वायको भूमिका छाडेर छड्के-२ मा ग्याङस्टर लुक्स परीक्षण गर्दा अनमोल केसीको करिअर नराम्रोसँग धक्का लाग्यो।

फिल्म फ्ल्पमात्र हैन, सुपर फ्लप भयो। उनले अब फिल्म साइन गर्दा निकै ध्यान दिएर किन्ने भन्दै आफ्ना दर्शकहरूसँग माफी नै मागे।

अहिले उनले फिल्म साइन गर्न थालेका छन्। हालै उनले नयाँ फिल्म 'फर्की फर्की' मा अभिनय गर्न राजी भएका छन्।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा अन्य कलाकार को हुने भन्ने पक्का भएको छैन। उनी नै पहिलो कलाकार हुन्।

निर्देशक पनि रोहित अधिकारी नै हुन्। नामको आधारमा फिल्म लभ स्टोरी हुने देखिन्छ। यस अगाडिका उनका फिल्म पनि लभ स्टोरीमै आधारित थिए।

फिल्मको निर्माण गुणस्तर ठिकठिकै भए पनि अनमोलको करिअर भने उनका फ्यानले उँभो लगाएका थिए।

तर पछिल्लो समय उनका एकपछि अर्को फिल्म असफल हुन थाले। उनको बुबा भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि एकपछि अर्को विवादमा तानिइरहेका छन्।

अब बाबुको सुनामले स्थापित हुन जति सजिलो भयो दुर्नाममा पनि यो जोडिन्छ नै।

अबको उनको प्रयासमा बाबुको दुर्नामको असर पर्ला कि नपर्ला !

जेठ ५, २०८० शुक्रबार २१:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।