हरेक स्थानीय तहमा एक स्मार्ट विद्यालय

काठमाडौँ : सरकारले हरेक स्थानीय तहमा एक स्मार्ट विद्यालय बनाउने नीति ल्याएको छ। सरकारको नीति तथा कार्यक्रमबाट सरकारले स्थानीय तकपिच्छे स्मार्ट विद्यालयको अवधारणा ल्याएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरिरहेको नीति तथा कार्यक्रममा कमाउँदै पढ्दै अभियानलाई कार्यक्रमको रूपमा सञ्चालन गरिने, विद्यालय तहको पाठ्यक्रमलाई समयानुकूल परिवर्तन गरिने र विद्यार्थीलाई विद्यालय ल्याउने, टिकाउने र सिकाउने अभियान सञ्चालन गरिने उल्लेख छ।
यसैगरी,छात्रवृत्ति कार्यक्रम एकद्धार प्रणालीबाट प्रदान गरिने, हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल कार्यक्रम सञ्चालन गरिने, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा, सुविधा लगायतको विषय सम्बोधन गरिने र उच्च शिक्षालाई रोजगार केन्द्रित बनाइने उल्लेख छ।
जेठ ५, २०८० शुक्रबार १७:४१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।