पुँजी बजारमा एनआरएनलाई लगानी खुला

काठमाडौँ : सरकारले पुजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
नीति तथा कार्यक्रममा वैदेशिक लगानी आकर्षित गर्न ग्रिन बण्ड, पूर्वाधार बन्ड एवम् अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण परिचालन गरिने उल्लेख छ।
सिँचाइका लागि विद्युत् महसुलमा छुट दिने, कृषि बिमाको दायरा विस्तार गर्दै लगिने, दुर्गम तथा हिमाली क्षेत्रमा खाद्यान्न ढुवानी थप व्यवस्थित गरिने र प्रत्येक पालिकामा एक एक वटा कृषि भण्डारण तथा वितरण केन्द्र निर्माण गरी कृषिलाई बजारीकरण गरिने उल्लेख छ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार सरकारले गरेको कामप्रति नागरिकको अभूतपूर्व समर्थन पाएको बताएका थिए।
उनले भ्रष्टाचार विरुद्ध सरकार कडा रूपमा अगाडि बढेपछि लोकतन्त्रप्रति जनताको विश्वास बढेको र सरकार र नागरिक एकै थलोमा आइपुगेको बताए।
उनले आगामी दिनमा भ्रष्टाचारविरुद्ध सरकार थप कठोरतासाथ अगाडि बढ्ने बताए।
जेठ ५, २०८० शुक्रबार १६:४५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।