‘आइएमई पे’ मार्फत क्रिस्टल डाइग्नोस्टिकमा भुक्तानी गर्दा छुट पाइने

काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ।
सम्झौता अनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ।
यस सम्झौता अन्तर्गत ग्राहकवर्गले आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
पहिलो चरणमा ६ महिनाको लागि गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरू सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने छन्।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमई पेले २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गरिरहेको छ।
जेठ ५, २०८० शुक्रबार ०९:३१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।