एनसेलको माई प्लान : आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सकिने

एनसेलको माई प्लान : आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सकिने

काठमाडौं : एनसेलका ग्राहकहरुले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्ने भएका छन्।

एनसेल आजियाटा लिमिटेडले बिहीबारदेखि आकर्षक एनसेल माई प्लान संचालनमा ल्याएको हो। यस विशेष प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफै बनाएर सेवा लिन सक्छन्।

ग्राहक आफैंले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा संचालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो। इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेश सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्।

माई प्लानमा माई प्लान ५०० र माइ प्लान फ्लेक्सी गरि दुई वटा विकल्पहरु रहेका छन्। ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैंले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्।

कर्पोरेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्छन्। माई प्लान ५०० को कर सहित रु ५०० पर्दछ र यसमा ग्राहकले रु ५०० बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफैं बनाउन सक्छन्।

त्यस्तै फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले रु ५०० भन्दा बढि मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरि ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्छन्।

यसका साथै प्लानमा पाइने सेवाहरु बाहेक, माई प्लान लिने ग्राहकले २५ सय मिनेट अन नेट टक टाइम र हजार वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिन्छ।

माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोल्युम राखी प्याकमा बनाउँछन् त्यसै अनुरूप प्लानको मूल्य तय हुन्छ र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्छ। माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५ सय मिनेट अन नेट, अफ टक टाइम र २५ सय एसएमएसको बण्डल प्याक बनाउन सक्छन्।

एनसेल एपबाटै सजिलै लिन सकिने यो विशेष सुविधाले कर्पोरेट ग्राहकहरु ठूलो महत्व राख्दछ। एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्छन्।

उदाहरणको लागि ग्राहकले रु ३०० बराबरको डेटा, रु १५० बराबरको अफ नेट र अन नेट कल र रु ५० बराबरको एसएमएस सेवा सहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन्। यो प्याक ३० दिनको समय चक्रमा संचालन हुने हुँदा आउटगोइङ सेवामा अवरोध नआओस भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नुपर्छ।

३० दिनको समय अघि नै माई प्लानका सेवाहरुको प्रयोग गरि सकिएको अवस्थामा ग्राहकले पेएजयूगो अन्तर्गत विद्यमान शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्छन्।  

जेठ ५, २०८० शुक्रबार ०९:०६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।