नेप्सेमा ३२ अंकको उछाल, टेलिकमको सबैभन्दा बढि कारोबार

नेप्सेमा ३२ अंकको उछाल, टेलिकमको सबैभन्दा बढि कारोबार

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा ३२ अंकको उछाल आयो।

बिहीबार नेप्से ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक पनि ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा चढ्यो।

कारोबार उपसूचकहरूमा पनि आज राम्रै बढोत्तरी आयो। सबैभन्दा बढि व्यापार समूह ३.७१ प्रतिशतले बढ्दा सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.९६ प्रतिशतले उकालो लाग्यो।

बिहीबार २६४ कम्पनीका ४४ लाख २२ हजार १८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार रुपैयाँको कारोबार भयो।

कारोबारको तुलनामा बिहीबार नेपाल टेलिकम सबैभन्दा उच्च रह्यो। उसले ८ करोड ६३ लाखको कारोबार गर्दा दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टले ७ करोड ११ लाखको कारोबार गर्यो।

बजार बढ्दा यसदिन हिमालय ऊर्जा विकास बैंक र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए। यी दुई कम्पनीमा आज सकारात्मक सर्किट लाग्यो।

जेठ ४, २०८० बिहीबार १५:११:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।