आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ७ सय कायम भएको छ। बुधबार छापावाल सुन तोलाको एक लाख १० हजारमा कारोबार भएको थियो। 

बुधबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको थियो।

आज तेजाबी सुनको मूल्य पनि तीन सयले घटेर एक लाख ९ हजार २ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने १३ सय ७० रुपैयाँमा स्थिर छ।

जेठ ४, २०८० बिहीबार १३:२८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।