‘आइएमई पे’ मार्फत डिजी मार्टमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहक वर्गलाई छुट दिने भएको छ।
सो अफर अन्तर्गत ग्राहक वर्गले प्रत्येक कारोबारमा रु १०० सम्म १०५ छुट पाउने छन्। अफर अन्तराल भरी सो छुट ५ पटकसम्म प्राप्त गर्न सकिने छ। ग्राहक वर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन्। यो अफर जेष्ठ १ देखि असार ३१ सम्म चल्ने छ।
आइएमई पे र डिजी मार्टबीचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो। यो अफर थोरै रकममा ग्राहक वर्गलाई धेरै सुविधा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको हो।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।
२० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।
जेठ ४, २०८० बिहीबार ०८:४२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।