मदन भण्डारी हत्याको रहस्य समय क्रममा खुल्ने ओलीको दाबी

मदन भण्डारी हत्याको रहस्य समय क्रममा खुल्ने ओलीको दाबी

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याको रहस्य समय क्रममा खुल्ने दाबी गरेका छन्।

मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेको पुरानो मूख्यालय बल्खुमा बुधबार आयोजित कार्यक्रममा ओलीले हत्याको सत्यतथ्य खुल्ने दाबी गरेका हुन्।

कांग्रेस नेता उमेश गिरीले मदन भण्डारीको हत्या सन्दर्भमा दिएको अन्तरवार्ता उल्लेख गर्दै उनले मदन भण्डारीको हत्या गर्ने जिम्मा आफूलाई दिइएको र त्यो नमानेको बताएको उल्लेख गरे।

गिरिले नामै तोकेर बोलेको भन्दै समय क्रममा त्यसको खोजी हुने र सत्यतथ्य बाहिर आउने ओलीले जिकीर गरे।

‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना अधूरै रहेको भन्दै ओलीले एमाले बाहेक अरु कसैले देश बनाउन नसक्ने बताए

जेठ ३, २०८० बुधबार ११:५९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।