करिब १० प्रतिशतले घट्यो सार्वजनिक यातायातको भाडा

करिब १० प्रतिशतले घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं : लामो दुरीको सार्वजनिक यातायातको भाडा घटेको छ।

मंगलबार डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले घटेको नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादरअनुसार अन्तर प्रदेशको भाडा ९.८८ प्रतिशतले घटेको छ।

इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गर्ने व्यवस्था छ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ।

जेठ ३, २०८० बुधबार ०९:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।