आज ३०औं मदन–आश्रित स्मृति दिवस

आज ३०औं मदन–आश्रित स्मृति दिवस

काठमाडौं : जेठ ३ अर्थात् मदन–आश्रित स्मृति दिवस।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै छ।

एकीकृत समाजवादीले बुधबार ३०औं मदन–आश्रित स्मृति दिवस मनाउने भएको छ।

पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निध भएको हो।

जिप त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए।

लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।

जेठ ३, २०८० बुधबार ०७:२६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।