रविले अमेरिकी राहदानी त्यागेको प्रमाण माग्यो सर्वोच्चले

रविले अमेरिकी राहदानी त्यागेको प्रमाण माग्यो सर्वोच्चले

काठमाडौँ : सर्वोच्च अदालतको प्रशासनले जिल्ला प्रशासन र अध्यागमन विभागसँग रवि लामिछाने अमेरिकी राहदानी त्यागेको प्रमाण मागेको छ।

अदालतको रिट तथा मुद्दा महाशाखाले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र अध्यागमन विभागसँग लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा भए उपलब्ध गराउन पत्र पठाएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने निष्क्रिय नागरिकतासँगै दोहोरो राहदानीको मुद्दामा परेका थिए।

नागरिकता निष्क्रिय रहेको प्रमाणित भएसँगै सांसद पद गुमाएका उनी उपनिर्वाचनमा पुन निर्वाचित भएर आए।

राहदानी दुरुपयोगमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा उनले नेपाली नागरिकता लिँदा अमेरिकी नागरिकता र राहदानी त्यागेको प्रमाण पेस नगरेको दाबी गरिएको थियो। सोही मुद्दाको प्रक्रियामा अदालतले प्रमाण मागेको हो।

जेठ २, २०८० मंगलबार १९:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।