राष्ट्रिय सभा बैठक सर्यो

काठमाडौं : बुधबारका लागि तोकिएको राष्ट्रिय सभाको बैठक सरेको छ।
बुधबार अपरान्ह ६ः३१ बजे तोकिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै राष्ट्रियस सभा अध्यक्षले स्थगित गरेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी गराए।
उनका अनुसार स्थगित बैठक जेठ ५ गते अपरान्ह १ः०१ बजे बस्नेगरी निर्धारण गरिएको छ।
पछिल्ला दिनहरूमा राष्ट्रिय सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताकाे बारेका छलफल भएका थिए। अब सरकार नीति तथा कार्यक्रमको तयारीमा लागेको छ।
जेठ २, २०८० मंगलबार १६:५६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।