थप २१ जनामा कोरोना, एक–एक जना आईसीयू र भेन्टिलेटरमा

काठमाडौं : नेपालमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
१ हजार १०३ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ जना संक्रमणमुक्त हुँदा २० हजार ९०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभर १ सय जना कोरोनाका सक्रिय संक्रमित छन्। अहिले आईसीयू र भेन्टिलेटरमा १–१ जना उपचाररत छन्।
जेठ २, २०८० मंगलबार १६:२०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।