अर्थ समितिमा नयाँ स्टकदेखि स्वार्थ बाझिने सांसदसम्मको चर्चा

काठमाडौं : एमाले सांसद पदम गिरीले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल अनुमतिमा आर्थिक चलखेल भएको भन्दै सरकारले जानकारी दिनुपर्ने बताएका छन्।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले नयाँ स्टक एक्सचेन्ज धितोपत्र दलालको लाइसेन्सबारे समितिबाट विगतमा भएको अध्ययन र त्यसको कार्यान्वयनको अवस्थाबारे सोधखोज गर्न जोड दिएका थिए।
धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको अनुमतीका लागि मागेको आवेदनमा दुई वटा प्रस्ताव परेको थियो। पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरेर प्रक्रिया नै स्थगित गराएका थिए।
गिरीले समितिको बैठकमा यस अगाडि सरकारी स्वामित्वको स्टक एक्सचेन्जमा रणनीतिक साझेदार भित्र्याउन सकिने सुझाव दिएकोमा सरकारले त्यसलाई लत्याउँदै नयाँ लाइसेन्स दिन लागिएको भन्दै विरोध गरेका थिए।
उनले यी दुवै प्रक्रियाबारे अर्थ समितिले तत्काल अध्ययन थाल्नुपर्ने माग समेत गरे।
स्वार्थ बाझिने गरि सांसद नियुक्त
बैठकमा सांसद विराजभक्त श्रेष्ठले संसदीय समितिमा स्वार्थ बाझिने गरी सांसद नियुक्त भएको भन्दै यसले नीतिगत भ्रष्टाचार हुने बताएका थिए।
अर्थ समितिमा कुनै न कुनै तरिकाले कन्फ्लिट अफ इन्ट्रेस्ट हुने भन्दै श्रेष्ठले वित्तीय सुशासनका लागि यस्ता विषयलाई ख्याल गर्नुपर्ने बताएका थिए।
जेठ २, २०८० मंगलबार १५:५१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।