प्रचण्डले बोलाए सत्तारुढ १० दलीय गठबन्धनको बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले आज (बुधबार) १० दलीय सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन्।
सरकारले सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
आज दिउँसो बस्ने बैठकमा प्रधानमन्त्रीले सरकारमा रहेका समर्थन गरेका १० दलका नेताहरूलाई बोलाएका हुन्।
सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रसँगै नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जसपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत सामेल छन्।
जेठ २, २०८० मंगलबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।