यी दुई प्रदेशमा आज मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) कोशी तथा बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पूर्वी तराईका थोरै स्थानहरूमा भने हावाहुरीको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जेठ २, २०८० मंगलबार ०७:१३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।