थप २१ जनामा कोरोना पुष्टि, २२ जना संक्रमणमुक्त

काठमाडौं : थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५२ र एन्टिजेनबाट ८३९ नमुना परीक्षण गर्दा पीसीआरबाट १४ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा २२ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ११२ पुगेको छ।
जेठ १, २०८० सोमबार १७:१४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।