टोपबहादुर रायमाझीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनपछि समातिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले सोमबार रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सरकारी वकिल कार्यालय काठमाडौंले जानकारी दिएको हो।
यस प्रकरणमा समातिएका अन्य १२ जनालाई हिजो (आइतबार) थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाँणलगायत १३ जनालाई बुधबार पुनःअदालतमा उपस्थित गराउनुपर्ने हुन्छ।
यस प्रकरणमा पूर्वगृहमन्त्री खाँण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पनि हिरासतमा छन्।
रायमाझीलाई हिजो प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको थियो।
जेठ १, २०८० सोमबार १६:४८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।