श्रीमान् र छोरासहित झरना हेर्न जाँदा पोखरीमा डुबेर युवतीको ज्यान गयो

श्रीमान् र छोरासहित झरना हेर्न जाँदा पोखरीमा डुबेर युवतीको ज्यान गयो

रोल्पा : रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

श्रीमान् र नाबालक छोरासँग सुनछहरी झरना हेर्न गएकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। चन्द्राका श्रीमान् उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन्।

नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल ईलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दूरीमा छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

जेठ १, २०८० सोमबार १४:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।