नेपालमा ‘मोखा’ चक्रवातले ठूलो प्रभाव नपार्ने

नेपालमा ‘मोखा’ चक्रवातले ठूलो प्रभाव नपार्ने

काठमाडौं : हाल बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उक्त चक्रवात बंगालादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको छ।

नेपालमा भने अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ। हाल कोशी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ। 

जेठ १, २०८० सोमबार ०९:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।