निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीकै मृत्यु

नवलपरासी : नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको नै मृत्यु भएको छ।
जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो।
आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृत अवस्थामा फेला पारिएको पाठकले बताए।
जेठ १, २०८० सोमबार ०९:१०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।