पहाडी भू-भागमा आज मेघ गर्जनसहित पानी पर्न सक्ने

काठमाडौं : आज (सोमबार) कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ १, २०८० सोमबार ०७:०८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।