कोलकाताकासँग घरेलु मैदानमै हार्‍यो चेन्नई, प्लेअफमा पुग्ने सम्भावना लम्बियो

कोलकाताकासँग घरेलु मैदानमै हार्‍यो चेन्नई, प्लेअफमा पुग्ने सम्भावना लम्बियो

इन्डियन प्रिमियर लिग २०२३ को ६१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

टोलीले १८.३ ओभरमा ४ विकेट गुमाएर १४५ रनको लक्ष्य पूरा गरेको हो। 

यो जितसँगै कोलकाताले चेन्नईको प्लेअफ प्रवेशको प्रतीक्षालाई लम्बाएको छ। यति मात्र होइन, नितिश राणाको कप्तानीमा रहेको कोलकाताले पनि आफ्नो आशा जीवित राखेको छ।

कोलकाताले १३ खेलमा छैटौं जित हात पारेको हो। उसको खातामा १२ अंक भएको छ।

चेपौक रंगशालामा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर मात्र १४४ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका लागि नितिस राना र रिंकु सिंहले उत्कृष्ट साझेदारी गरे। रिंकुले ४४ बलमा ५४ रनको अर्धशतकीय पारी खेलेर आउट भए भने नितिस ४४ बलमा नटआट ५७ रन जोडे। बरुन चक्रवर्ती र सुनिल नारानले २/२ विकेट लिए। 

 

वैशाख ३१, २०८० आइतबार २३:३४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।