टोपबहादुर रायमाझीलाई काठमाडौँ प्रहरी परिसर ल्याइयो

टोपबहादुर रायमाझीलाई काठमाडौँ प्रहरी परिसर ल्याइयो
फाइल तस्वीर

नक्कली भुटानी शरणार्थी प्रकरणमा वारेन्ट जारी भएको ११ दिनपछि समातिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर लगिएको छ। 

आज साँझ बुढानिलकण्ठबाट रायमाझी समातिएका हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रायमाझी पक्राउ परेको पुष्टि गरेका हुन्। प्रहरीले उनी बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो। उनी एक जनाको घरमा लुकेर बसिरहेका थिए। 

वैशाख २० गते उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यस प्रकरणमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलागायत १२ जनालाई भने अनुसन्धान गर्न आज मात्रै थप ४ दिन प्रहरीले समय पाएको छ। 

वैशाख ३१, २०८० आइतबार २२:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।