न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस्ः मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन्।
भरतपुर महानगरपालिकाद्वारा आज चितवनमा आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तर्क्रियामा उनले जनताको हित सोचेर काम गर्न आग्रह गरे।
'जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस्,' उनले भने।
कहीँ कतै मेलमिलापको नाममा जघन्य अपराध गर्नेहरूसमेत छुटेको भन्ने सुनिएको भन्दै उनले कानुनको आँखाबाट अपराधी छुट्न नहुने बताए।
महानगरपालिकाको न्यायिक समितिले गरेका काम सराहनीय भए पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रसंशायोग्य रहेको बताउनुभयो । न्याय दिन गठित न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो।
वैशाख ३१, २०८० आइतबार १७:५१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।