मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

बाल यौन दुर्व्यवहारको आरोपमा वैशाख २९ गते पक्राउ परेका राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले अनुमति दिएको छ।
‘शुभद्रा मदन फाउन्डेसन’ चलाइरहेका उनले त्यहाँका किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
फाउन्डेसनका संस्थापक ७५ वर्षीय राई फाउन्डेसनबाटै पक्राउ परेका थिए।
वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा राईले फाउन्डेशन चलाउँदै आएका छन्। उक्त फाउन्डेशनमा डेढ सय विद्यार्थी छन्।
वैशाख ३१, २०८० आइतबार १७:२४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।