जंगलमै छाडियो उद्धार गरेर पालिएका गैंडाका दुई बच्चा

जंगलमै छाडियो उद्धार गरेर पालिएका गैंडाका दुई बच्चा

चितवन: चितवन राष्ट्रिय निकुञ्जमा पालेर राखिएका गैंडाका दुई बच्चा (केटो)लाई जंगलमा छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैंडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो।

निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैंडालाई तामिताल पुर्याएर छाडिएको छ। निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो।

श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो।

एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरुलाई हुर्काएपछि प्राकृतिक रुपमा छाडिएको हो। पुष्पा र अञ्जली हाल प्राकृतिक रुपमा घाँस खोजेर खानसक्ने भएका छन्। 

वैशाख ३१, २०८० आइतबार १३:५९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।