नक्कली शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौं प्रहरी स्रोतका अनुसार रामेछापका सांसद शेर्पामाथि पक्राउ पुर्जी जारी भएको हो। उनी २०७० सालमा रामेछापबाट सांसदमा विजयी भएका थिए।
जिल्लाका विभिन्न व्यक्तिहरूसँग अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप उनलाई लागेको छ।
साथै नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि आरोपी सानु भण्डारीलाई हिरासतमै गएर भेटेपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको हो।
वैशाख ३१, २०८० आइतबार १२:२७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।