आगलागीबाट एक महिनामा मात्रै १६ जनाको मृत्यु, ६५ जना घाइते

आगलागीबाट एक महिनामा मात्रै १६ जनाको मृत्यु, ६५ जना घाइते

काठमाडौं : आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्।

प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन्।

गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका ६ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिए।

आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्वतयारीबिनै निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिम रहेको उनले बताए। आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उनले आग्रह गरेका छन्।

वैशाख ३१, २०८० आइतबार ११:२९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।