प्रचण्डसँगको भेटवार्ताका लागि बिहानै बालुवाटार पुगे देउवा र ओली

प्रचण्डसँगको भेटवार्ताका लागि बिहानै बालुवाटार पुगे देउवा र ओली

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहानै बालुवाटार पुगेका छन्।

प्रमुख दलका शीर्षस्थ तीन नेताबीचको भेटमा केही महत्त्वपूर्ण कुरामा छलफल हुने बताइएको छ।

विशेषगरी पछिल्लो समय चर्किएको नक्कली भुटानी शरणार्थी प्रकरण लगायत राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बुझिएको छ।

पछिल्लो समय यी शीर्षस्थ तीन नेताहरूको भेटघाट निकै बाक्लिएको छ।

वैशाख ३१, २०८० आइतबार १०:३२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।