भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपल्नुस् : बालेन शाह

भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपल्नुस् : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपल्नु पर्ने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने होइन कि उनीहरुलाई सिधै कारबाही गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘भ्रष्टाचार विरुद्धको आन्दोलन? को नेता हो थाह छ? घर कहाँ हो थाह छ? सिधै लगेर बागमतीमा चोपल्नुस्। यस्तो सडक नाटक धेरै देखी सकियो हामीले। पत्याउँदिन म चाहिं।’

‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो।’

वैशाख ३१, २०८० आइतबार ०८:०५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।