११ घण्टापछि हाइटेन्सन लाइनबाट ‌ओर्लिए पुरुष

११ घण्टापछि हाइटेन्सन लाइनबाट ‌ओर्लिए पुरुष

काठमाडौं : सडक छेउमा गुणस्तरहीन टेवा पर्खाल निर्माण भइरहेकाले त्यसलाई रोक्नुपर्ने माग गरेका मोरङका एक पुरुष ११ घण्टापछि ओर्लिएका छन्।

शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी गुणस्तरहीन काम रोक्ने प्रतिबद्धतापछि खम्बाबाट ओर्लिएका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए।

अध्यक्ष थापामगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका हुन्।

वैशाख ३०, २०८० शनिबार १७:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।