नागरिकका पक्षमा काम गरे सरकारलाई हामी सहयोग गर्छौं : रवि लामिछाने

नागरिकका पक्षमा काम गरे सरकारलाई हामी सहयोग गर्छौं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन्।

आज भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताए।

उनले भने, ‘प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नुस्। जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नुस्, दोषीमाथि कारबाही गर्नुस्। हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौं।’

उनले सरकारलाई दोषीमाथि कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गर्दै नक्कली भुटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिए। साथै उनले वाइडबडी, यति, ओम्नी लगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद सहयोग गर्दै जाने बताए।

वैशाख ३०, २०८० शनिबार १४:१३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।