बंगालको खाडीको ‘मोखा’ चक्रवातले नेपालमा असर नगर्ने

काठमाडौं : हाल बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगालदेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ।
त्यसैले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने देखिन्छ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ।
वैशाख ३०, २०८० शनिबार १०:२९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।