एमालेको केन्द्रीय समिति बैठकमा आज ओलीले जवाफ दिने

काठमाडौं : बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बैठक बिहान ८ बजेदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ।
बैठकमा आज समूहगत छलफल पछिको निष्कर्षका बारेमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जवाफ दिने छन्।
यसअघिको बैठकमा प्रस्तुत प्रतिवेदनमाथी सामूहिक छलफल सुरु गरिएको थियो। प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो।
वैशाख ३०, २०८० शनिबार ०७:३५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।