यी प्रदेशमा आज पानी पर्न सक्ने

काठमाडौं : आज (शनिबार) कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ।
वैशाख ३०, २०८० शनिबार ०७:१४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।