अब लामो दूरीका यात्री बस चढ्न नयाँ बसपार्क नै पुग्नुपर्ने

अब लामो दूरीका यात्री बस चढ्न नयाँ बसपार्क नै पुग्नुपर्ने

काठमाडौंः अब काठमाडौं भित्रिने र बाहिरिने सबै लामो दूरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र चलाउनुपर्ने भएको छ। 

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको सरोकावालाहरूको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्ताव ल्याएर यस्तो नियम बनाएको हो।  

जसअनुसार अब लामो दूरीका सवारीसाधन (बस) ले नयाँ बसपार्कबाहेक अरू ठाउँबाट यात्रु ओराल्न र चढाउन पाउँदैनन्। 

बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने पनि निर्णय गरेको छ। महानगरपालिका अनुसार अहिले गौशाला, चाबहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर रहेका छन् ।

बसपार्कमा लगाउने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति पनि गठन गरिएको छ।

वैशाख २९, २०८० शुक्रबार २१:१९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।